दाङमा रासायनिक मल आईपुग्यो

लक्ष्मण विश्वकर्मा ,तुलसीपुर, २६ माघ । दाङमा रासायनिक मलको अव सहज आपुर्ति हुने भएको छ । मल अभाव भएको लामो समय पछि रासायनिक मल दाङमा आईपुगेको हो । गहुँ,मसुरो,आलु र तोरि जस्ता बालीमा रासायनिक युरिया मल हाल्ने समय हुदा मलको अभाव भए पछि किसानहरु मर्का परेका थिए । कृषि सामग्री कम्पनी लिमिटेड उपशाखा कार्यालय तुलसीपुरले दिएको जानकारी अनुसार घोराहीमा विहिवार र तुलसीपुरमा शुक्रवार मल भित्रिएको हो ।
जिल्लामा सहुलियत दरमा मल वितरण गदै आएको कृषि सामाग्रि कम्पनि लिमिटेड दाङ र उपशाखा तुलसीपुरले सहकारी संस्था र कृषि समुहहरु मार्फत किसानलाई मल उपलब्ध गराईने जनाईएको छ । उपशाखा तुलसीपुरका अनुसार शुक्रवार बेलुकी आईपुगेको मल शनिवार अनलोड गरिएको र आईतवार देखी मल वितरण गरिने भएको छ ।तुलसीपुरमा मात्रै दुई ट्रक मल भित्रिएको छ ।

प्रकाशित मिति : २०७५ माघ २६ गते शनिवार
प्रतिक्रिया