एक घरमा आगलागि हुदा १२ लाखको क्षती

रोल्पा, २६ माघ ।

लगातारको बर्षातले चिसो बढीरहेको समयममा रोल्पाको एक घरमा आगलागी हुदा लाखौको क्षती भएको छ । जिल्लाको थवाङ गाउपालिका वडा नं। ५ स्थित आश बहादुर रोकाको घरमा हिजो साझ आगलागी भएको हो । घरमा साना बच्चाहरूले आगो बाली ताप्ने क्रममा आगलागी हुदा २ तले ढुङ्गाले छाएको कच्ची घरमा क्षती पुगेको छ ।

आगलागी बाट घरमा रहेका अन्नपात,लत्ताकपडा, भाँडावर्तन, नगद, सुन र चाँदी गरी अन्दाजी १२ लाख बरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । आगलागिको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्याल उवा बाट प्रहर सहायक निरीक्षक राज बहादुर रानाको कमाण्डमा खटीएको प्रहरी टोली र स्थानियको सहयोगमा आगो नियन्त्रणमा लिईएको थियो ।

प्रकाशित मिति : २०७५ माघ २६ गते शनिवार
प्रतिक्रिया