महायज्ञमा साढे तीन लाख बढि संकलन

तुलसीपुर, २५ माघ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ बनहरीमा जारी महायज्ञमा शुक्रबारसम्म तीनलाखभन्दा बढि आर्थिक संकलन भएको छ । बुधबारदेखि शुरू भएको महायज्ञमा शुक्रबार मात्रै दुईलाख ५० भन्दा बढि संकलन भएको छ । बिहीबारसम्म एकलाख १८ हजार ६ सय ४० संकलन भएको प्रेस संयोजक सुमन केसीले बताए ।

शुक्रबार पशुपति टोल बिकास संस्थाले सबैभन्दा बढि ५१ हजार एकसय ५ रुपैँया दान गरेको छ । त्यस्तै मनोज पार्देले २५ हजार ६ सय ५५, हरिप्रसाद भट्टराईले २५ हजार पाँच सय ५५, खजुवारानी सामुदायिक बन उपभोक्ता समितिले २५ हजार पाँचसय ५५, थापा टोल संस्थाले २१ हजार एकसय ५५, बनहरी टोलबिकास संस्थाले २१ हजार एकसय ५, दलबहादुर परियारले २५ हजार एकसय २५ दान गरेको आर्थिक संयोजक महेश रिजालले बताए ।

कैलासधाम नागेश्वर मन्दिर ब्यबस्थापन समितिको आयोजनामा फागुन १ गतेसम्म महायज चल्नेछ । महायज्ञको बाचकमा देशब्यापी १०८ श्रीमद भागवत सत्संकल्प अभियानकर्ता मुमुक्षु श्री उद्वव शर्मा,रािष्टय बिभुषित नारीत्व विदुषी सुश्री अजुराधा शास्त्रीजी रहेको महासचिब राजेन्द्र पौडेलले बताए ।

दुई महिना अघि देखिएको नागलाई संरक्षण गर्नका लागि मन्दिर निर्माण गर्ने उद्देश्यले महायज्ञ सञ्चालन गरिएको हो । महायज्ञबाट करिब एक करोडबराबरको आर्थिक संललन गर्ने लक्ष्य रहेको अध्यक्ष भुवनसिंह चौधरी बताए ।

प्रकाशित मिति : २०७५ माघ २५ गते शुक्रवार
प्रतिक्रिया