तुलसीपुर, २४ माघ । पश्चिम दाङको शान्तीनगर गाउपालिका स्वास्थ्य शाखा चिराघाटको आयोजनामा विद्यालय स्तरिय सेनेटरी प्याड निर्माण सम्वन्धी दुई दिने तालिम विहिवार देखी वडा नम्वर ३ साउनेपानीमा सुरु भएको छ । तालिमको उद्घाटन गाउपालिका अध्यक्ष कमानसिंह डाँगीले गरेका हुन् ।
सो अवसरमा गाउपालिका उपाध्यक्ष मिथिला शाह, प्रमुख प्रशासकिय अधिकृत निम बहादुर केसी, वडा नम्वर ४ का वडा अध्यक्ष धन बहादुर केृसी लगाएतले बोलेका थिए ।स्वास्थ्य शाखाका सहसंयोजक घनश्याम पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण स्वास्थ्य प्रमुख हरि पुनले गरेका थिए । शुक्रवार सम्म सन्चालन हुने तालिममा गाउँपालिकाका १३ विद्यालयका छात्रा र शिक्षीका गरी २४ जनाको सहभागिता रहेको गाउँपालिकाका प्रेस संयोजक निरास पाण्डेले जानकारी दिएका छन् ।
प्रकाशित मिति : २०७५ माघ २४ गते बिहिवार