२०८३ असोज ६ गते मङ्गलवार

भुसे चुलो बाट आगो सल्कीएपछि तुलसीपुरमा एक लाख बराबरको क्षती

तुलसीपुर, २४ चैत्र । तुलसीपुर ६ निवासि लोकबहादुर खड्काको भान्सा कोठामा आगलागि हुदा एक लाख बराबरको क्षति भएको छ । खाना बनाउन प्रयोग हुने भुसे चुलोमा भएको आगो नजिकैको भुसमा सल्केपछि आगो लागेको थियो । विहान साढे १ बजेतिर भान्साको गारो ढलेको आवाज आएपछि मात्रै घरधनिले आगलागि भएको थाहा पाएका थिए । झण्डै दुई बजेतिर स्थानियको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागि बाट टिनका पाता र भिक्तामा क्षति पुगेको छ । “अरु सामान थिएन,टिन ,गारो र काठ जलेर काम नलाग्ने भयो” घरधनि खड्काले भने । आगलागि बाट झण्डै एक लाख बराबरको क्षतिभएको उनले बताएका छन ।।
प्रकाशित मिति : २०७३ चैत्र २४ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।