जनता चनाखो भए मात्र विकास सम्भव: साँसद केसी

तुलसीपुर,२४ माघ ।
प्रतिनिधि सभाका साँसद हिराचन्द्र केसीले विकासको लागि जनताहरु पनि चनाखो हुनुपर्ने बताएका छन । विकास निर्माणमा जनताको चासो नहुदा गुणस्तरहिन काम हुने गरेका हुदा जनताका खबरदारी आवस्यक रहेको उनले बताएका हुन । तुलसीपुर ११ मा रहेको अमर माध्यमिक विद्यालयमा पशु विज्ञान कक्षाको लागि भवण निर्माण कार्यको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन ।

सांसद केसीले बिक्ने खालको शिक्षाको आवश्यकता भएको हुदा ब्यावहारीक शिक्षामा जोड दिन्ुपर्ने बताएका छन । पुरानो शैलिको शिक्षाले बेरोजगारको अन्त्य नगर्ने हुदा अहिलेको आवश्यकता नै प्राविधिक शिक्षाको रहेको उनको भनाई थियो । शिक्षा विना मानव जिवन नै अधुरो हुने भएकाले शिक्षामा आफुले विशेष जोड दिदै आएको उनले बताएका छन ।

दाङ क्षेत्र नम्बरका ३ अन्र्तगत रहेका तिन सामुदायिक विद्यालयमा आफुले सहयोग गरिसकेको उनले जानकारी समेत दिएका थिए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष टेक बहादर केसीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानरपालीका वडा नम्बर ११ का वडाध्यक्ष चित्रबहादुर वली,शिक्षक अभिभावक संघका अध्यक्ष लिलाधर डाँगी,भवण निर्माण समितिका अध्यक्ष केदार प्रसाद आचार्य,विद्यालयका प्रधानाध्यापक पदम प्रसाद न्यौपाने,नेकपाका नेता अमित शर्मा लगायतले बोलेका थिए ।

कार्यक्रमको सहजिकरण सहायक प्रधानाध्यापक पदम बहादुर वलीले गरेका थिए । पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत साँसद हिराचन्द्र केसीबाट विनियोजित ५० लाख बजेटबाट १२ कोठाको दुई तले भवण बन्ने छ । भवण निर्माण भए पश्चात यस बर्ष देखि सञ्चालनमा आएको प्राविधिक शिक्षा तर्फको पशुविज्ञान कक्षाको पठनपाठनमा थप मद्दत पुग्ने विद्यालयले अपेक्षा लिएको छ ।।

प्रकाशित मिति : २०७५ माघ २४ गते बिहिवार
प्रतिक्रिया