मन्दीर निर्माण गर्नका लागि महायज्ञ सञ्चालन

तुलसीपुर,२३ माघ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मा महायज्ञ शुरू भएको छ । महायज्ञको प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले उद्घाटन गरेका हुन । उद्घाटन अवसरमा बोल्दै प्रदेशसभा सदस्य डाँगीले महायज्ञबाट संकलन भएको रकमलाई बिकास निर्माणमा खर्च गर्न सके यसले समाज बिकासमा टेवा पुग्ने बताएका थिए ।

उनले संस्कृतिलाई समय अनुसार परीवर्तन गर्दै लैजानुपर्नेमा जोड दिएका थिए । महायज्ञ ब्यबस्थापन समितिका संयोजक पदम केसीको अध्यक्षतामा कार्यक्रम भएको थियो । मुल आयोजक समितिका सचिव दामोदर न्यौपानेको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार आरके सितलले गरेका थिए ।

महायज्ञमा देशब्यापी १०८ श्रीमद भागवत सत्संकल्प अभियानकर्ता मुमुक्षु श्री उद्वव शर्मा,रािष्टय बिभुषित नारीत्व विदुषी सुश्री अजुराधा शास्त्रीजीले कथा बाचन गर्ने छन् । दुई महिना अघि देखिएको नागलाई संरक्षण गर्नका लागि मन्दिर निर्माण गर्न भनि महायज्ञ सञ्चालन गरिएको हो । महायज्ञबाट करिब एक करोड बराबरको आर्थिक संललन गर्ने लक्ष्य रहेको प्रेस संयोजक सुमन केसीले बताएका छन । कैलासधाम नागेश्वर मन्दिर ब्यबस्थापन समितिको आयोजनामा सुरु भएको महायज्ञ फागुन १ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : २०७५ माघ २३ गते बुधवार
प्रतिक्रिया