एक दिने योजना तर्जुमा गोष्ठी सम्पन्न

तुलसीपुर २३ माघ ।पश्चिम दाङको शान्तीनगर गाउँपालिका स्वास्थ्य शाखा चिराघाटको आयोजनामा हात्तिपाईले रोग विरुद्धको खुवाईने औषधी सम्वन्धी एक दिने योजना तर्जुमा गोष्ठी बुधवार त्यहा सम्पन्न भएको छ ।गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत निम बहादुर केसी, स्वास्थ्य शाखा चिराघाटका सहसंयोजक घनश्याम पाण्डे लगाएतले बोलेका थिए ।
कार्यक्रममा वडा अध्यक्षहरु, विभिन्न शाखा प्रमुखहरु र स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।आउँदो फागुन १५ गतेदेखी देशभर हात्तिपाईले विरुद्धको औषधी खुवाईने भएको छ । साथै कार्यक्रममा नोपल सरकारले सन् २०२० सम्म हात्तिपाईले रोग निर्मुल पोर्न लक्ष्य लिएको बारेमा जानकारी गराईएको थियो ।कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख हरि पुनले गरेको गाउँपालिकाका प्रेस संयोजक निरास पाण्डेले जानकारी दिएका थिए ।

प्रकाशित मिति : २०७५ माघ २३ गते बुधवार
प्रतिक्रिया