दाङ, २१ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार विरुद्ध प्रदर्शन गरेको छ । दाङ सहित ७७ ओटै जिल्ला सदरमुकाममा काँग्रेसले सरकार विरुद्ध प्रदर्शन गरेको छ । वाइडवडी विमानखरिद काण्ड, चिकित्सा शिक्षा विधेयक, निर्मला पन्त हत्याको दोषीलाई कारबाही गर्नुपर्ने लगायतका माग राखेर काँग्रेसले सरकार विरुद्ध प्रदर्शन गरेको हो ।
काठमाडौमा रत्नपार्क स्थित शान्ति बाटिकामा भएको विरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेताप्रकाशमान सिंहले कांग्रेसले निर्वाह गरिरहेको जिम्मेवार प्रतिपक्षको भूमिकालाई कमजोरी नठान्न चेतावनी दिनुभयो । जनविरोधी क्रियाकलाप जारी राखे दुई तिहाईको दम्भ बोकेको सरकारलाई जनताले जुनसुकै समयमा पनि ठेगान लगाउने नेता सिंहको भनाइ थियो ।
यता नेपाली काङ्ग्रेसले दाङले पनि घोराहीमा विरोध सभा तथा प्रर्दशन गरेको छ । सोमवार घोराहिमा आयोजना गरिएको बिरोध सभामा पार्टीका कार्यकर्ता तथा शुभेच्छुकहरुको सहभगिता रहेको थियो ।घोराहीमा भएको बिरोध प्रदर्शनलाई काङ्ग्रेस पार्टीका सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले सम्वोधन गरेका थिए । बिरोध सभालाई केन्द्रीय सदस्य तथा पुर्व मन्त्री दिपक गिरि,पुर्व मन्त्री डिल्लीबहादुर चौधरि, सांसद एव स्थानीय नेताहरुले सम्बोधन गरेका छन ।।