२०८३ असोज ५ गते सोमवार

काग्रेसको तुलसीपुरमा हुने प्रदेश स्तरीय बृहत आमसभाको तयारी तिब्र

शरद रेग्मी,तुलसीपुर २३ चैत । नेपाली काग्रेसको प्रदेश नम्वर ५ स्तरीय बृहत आमसभाको तयारी तिब्र पारिएको छ । यही चैत २८ गते तुलसीपुर स्थीत अरनीको मैदानमा आयोजना गरिएको ५ नम्वर प्रदेश स्तरीय बृहत आमसभाको तयारी तिब्र पारिएको प्रचार प्रसार समितिका संयोजक अर्जुन योगीले जानकारी दिनुभयो । सभा लाई नेपाली काग्रेसका सभापति एबम पूर्ब प्रधानमन्त्री शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुले सम्बोधन गर्ने बताइएको छ । प्रदेश नम्वर ५ का सबै जिल्लाबाट जिल्ला तहका नेता, महाधिबेसन, महासमिति,भातृ संगठनहरुको सहभागिता हुने उक्त आमसभा बिशाल हुने दाबी गरिएको छ । स्थानिय तह निर्बाचनलाई द्धष्टीगत गर्दै देशका ७ वटै प्रदेशमा आमसभा गर्ने पार्टीको केन्द्रीय कार्यसमितिले गरेको निर्णय अनुसार दाङमा चैत २८ गते आयोजना गरिएको नेपाली काग्रेस दाङका सभापति कृतिबहादुर खड्काले जानकारी दिनुभयो । यसैविच आमसभालाई भब्य रुपमा सम्पन्न गर्ने तयारी स्वरुप आज बुधबार प्रचार प्रसार समितिको बैठक बसेको छ । संयोजक अर्जुन योगीको अध्यक्षतामा बसेको बैठकले ब्यानर,पार्टीको झण्डा,माईकीङ, स्वागतद्धार, सञ्चार प्रकाशन तथा प्रशारणका बारेमा छलफल गरेको छ । सञ्चार प्रकाशन तथा प्रशारणका लागि नेपाल प्रेस यूनियन दाङका अध्यक्ष सुशील बस्नेतको संयोजकत्वमा ५ सदस्यीय उप समिति गठन गरिएको संयोजक योगीले जानकारी दिनुभयो । उपसमितिको सदस्यहरुमा यूनियनका उपाध्यक्ष बसुन्धरा गौतम, सचिब देबेन्द्र बस्नेत,कोषाध्यक्ष शरद रेग्मी र सदस्य आरके सीतललाई चयन गरिएको छ । माईकीङका लागि नेबिसंघका ५ वटै क्षेत्रीय पदाधिकारीलाई जिम्मा दिएको छ । बैठकले फागुण २७ गते बिहान ८ बजे घोराहीमा पत्रकार सम्मेलन गरि तयारीका बारेमा जानकारी गराउने निर्णय समेत गरेको छ । बैठकमा प्रचार प्रसार समितिका सदस्यहरु सुशील बस्नेत,ताराबहादुर कार्की, देबराज पाठक,देबा डिसी,हरि पराजुलीको उपस्थीति रहेको थियो ।
प्रकाशित मिति : २०७३ चैत्र २३ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।