रानी जरुवामा कल्भर्ट निर्माण

तुलसीपुर १९ माघ ।तुलसीपुरको राप्ती अन्चल अस्पतालको उत्तरदेखी दक्षिणतर्फ रहेको रानीजरुवामा कल्भर्ट निर्माण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ को वडा कार्यालयको चालु आर्थिक वर्षबाट विनियोजित पाँच लाख रुपैया बजेटबाट कल्र्भट निर्माण गरिएको उपभोक्ता समितिका सदस्य पुर्ण बहादुर रावलले जानकारी दिएका छन् ।उनका अनुसार छ मिटर लम्वाई, अढाई मिटर उचाई, एक मिटर गहिराई भएको कल्भर्ट निर्माण गरिएको छ ।
यस अघि कल्र्भट नहुदा आवतजावत गर्न समस्या भएको उनको भनाई छ । कल्र्भट निर्माण भएसगै रानीजरुवा बासी सहित दमारगाउँ, कल्लेबल्लेबासीलाई समेत आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको विशाल नगर टोल विकास संस्थाका अध्यक्ष कुल बहादुर भण्डारीले बताएका छन् ।अन्चल अस्पताल हुदै रानीजरुवा, बेलुवा र दमारगाउँका स्थानियहरु दैनिक सोहि बाटो आवतजावत गर्दछन् ।

टो गोरेटो र अप्ठेरो भएपनि छिटो र पाएक पर्ने भएकाले स्थानियहरु सोहि बाटोबाट दैनिक आवतजावत गर्दछन् । विशेषगरी उक्त बाटोमा आवतजावत गर्ने विद्यार्थीहरु समस्यामा परेका थिए ।कल्भर्ट निर्माण सगै अति आबश्यक सवारी साधनहरु सन्चालन हुने गरी उक्त क्षेत्रमा बाटोको स्तरबृद्धि गर्ने जनाईएको छ ।गत आर्थिक वर्षमा पनि ५ नम्वर वडा कार्यालयले स्थानियको माग अनुसार ९ लाख रुपैया वजेट विनियोजन गरेको थियो । तर तुलसीपुर खानेपानी संस्थाको संरचना नजिकै भएकाले समस्या हुने भन्दै वजेट कार्यन्वयन हुन सकेको थिएन् ।

प्रकाशित मिति : २०७५ माघ १९ गते शनिवार
प्रतिक्रिया