दाङमा भरुवा बन्दुक सहित तिन जना पक्राउ

तुलसीपुर, १९ माघ । दाङको शान्तिनगर गाउँपालिका–१ बागखोर स्थित सामुदायिक वनमा गएराती पौने आठ बजेतिर शिकार गर्न जाँदै गरेका तीन जना लाई प्रहरीले भरुवा बन्दुक सहित पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा शान्तिनगर–१ निवासी ४३ वर्षीय ताराप्रसाद राना, सल्यान त्रिवेणी गाउँपालिका–१ बस्ने २९ वर्षीय दीपक खत्री र सोही ठाउँका १६ वर्षीय तिलक वली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताउनुभयो ।

साथै उनीहरुको साथबाट दुई वटा भरुवा बन्दुक समेत बरामद गरीएको छ ।उनीहरु विरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ६ को दफा १२९ बमोजिम ९ हातहतियार तथा खरखजानासम्बन्धी कसूरमा मुद्दा दर्ता गरी आवश्यक कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५ माघ १९ गते शनिवार
प्रतिक्रिया