तुलसीपुर,१८ माघ ।
दुई हात र एक खुट्टा गुमाएका रुकुमको सानीभेरी गाउँपालिका निवासि २१ वर्षिय कृष्ण वली लाई सहयोग उठ्ने क्रम जारी छ । यसैक्रममा तुलसी आवासीय मा.वि. तुलसीपुरमा अध्यनरत छात्रछात्राहरुले उनलाई सहयोग गरेका छन । खाजाखर्च कटाएर उनिहरुबाट संकलीत त्रिसठ्ठी हजार तिन सय सत्तरी रुपैयाँ उनकी आमा लाई आज हस्तान्तरण गरीएको छ ।
कक्षा पाँच सम्म सोही विद्यालयमा अध्ययन गरेका उनलाई विद्याथीहरुले आफ्नो खाजा खर्च कटाएर सहयोग गरेको शिक्षक सुमन वलीले जानकारी दिएका छन । सहयोग हस्तान्तण कार्यक्रम विद्यालयका प्रधानाध्यापक भिष्म बहादुर केसीको अध्यक्षतामा भएको थियो भने सहजिकरण शिक्षक देवेन्दर खत्रीले गरेका थिए ।
सो अवसरमा कृष्णकी आमा जानकी केसीले सहयोग गर्ने सबैमा धन्यबाद दिएकी थिईन् । गत जेठ २५ गते विद्युत लाइन बिस्तार गर्ने क्रममा तुलसीपुर १३ मा उनलाई करेन्ट लाग्दा उनले खुट्टा र हात गुमाएका छन । उनको उपचार गर्दै जादा परीवार आर्थिक संकटमा परेपछि सहयोगको लागि उनिहरुले आग्रह गरेका छन । अहिले उनलाई धेरै ठाउबाट सहयोग आइरेहको छ ।