जथाभावि विषादी प्रयोगले जीवन जोखीममा

तुलसीपुर, १८ माघ

कृषि उपजहरुमा प्रयोग हुने रसायनि विषादी न्युनिकरणका विषयमा तुलसीपुरमा बृहत छलफल भएको छ । उपभोक्ता हित संरक्षण नेपाल काठमान्डौको आयोजना तथा प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द ललितपुरको सहयोगमा भएको कार्यक्रमा विषादीको प्रयोग, यसले पार्ने असर र रोकथामका विषयमा छलफल भएको थियो ।

भण्डारण, ओसारपसार, ढुवानी र व्यवस्थापनमा ध्यान दिएमा विषादी जन्य रोगबाट बच्न सकिने कृषी विज्ञहरुले सुझाएका छन् । विषादीलाई औषधीको रुपमा नभई विषादीको रुपमा सम्झेर भण्डारण गर्नु पर्ने भन्दै प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्रका प्रमुख डाक्टर डिल्लीराम शर्माले अगेना छेउँचाउँमा राख्न नहुने र विषादी प्रयोग गरीसकेपछि त्यसको डिब्बा, खोल र डब्बा जथाभावी फाल्न नहुने बतानुभयो ।

उच्च अदालत तुलसीपुरका न्यायाधिस इश्वरराज आचार्यले चाँडै प्रतिफल प्राप्त गर्ने व्यग्र इच्छाले मान्छेलाई असन्तुष्ट बनाएको बताउनुभयो । गाईभैसी पाल्न छोडेर युरिया, डिपी प्रयोग गर्दा र विषादी प्रयोगले जीवन यापनमा समस्या पैदा भएको न्यायाधिस अहाचार्यले वताउनुभयो ।

उपभोक्ता हित संरक्षण नेपाल केन्द्रीय उपाध्यक्ष केशव कुमार शर्माको अध्यक्षता एवं तुलसीपुर उपमहागनरपालिकाका नगर प्रमेख घनश्याम पाण्डेको प्रमुख आथित्यमा कार्यक्रममा केन्द्रीय अध्यक्ष ज्योति बानीया, सचिव भुवन निरौला, उपमेयर माया आचार्य लगाएतले बोलेका थिए । उपमहागनरपालिका प्रेस संयोजक वसन्त विवस आचार्यले सहजीकरण गरेको कार्यक्रममा विभिन्न कृषकहले आ–आफना भनाई राखेका थिए ।

प्रकाशित मिति : २०७५ माघ १८ गते शुक्रवार
प्रतिक्रिया