तुलसीपुर
नेपालकै नमुना भनिएको तुलसीपुरको अटोभिलेज संचालनमा आएको छ । बिजुली, सडक, संचार, खानेपानीको सहज पहुँच हुनुका साथै गाडी मर्मत तथा पार्कीङको समेत व्यवस्थीत भएपछि यसलाई नेपालकै पहिलो नमुना अटोभिलेज भनेर दाबी गर्ने गरिएको छ ।
बिग्रेका बस, ट्याक्टर, ट्रक, जिपकार मर्मत तथा तीनको बडी बनाउने र मोटर पाटर्सको पाटपुर्जा पाईने स्थानलाई अटोभिलेज भन्ने गरिन्छ ।
अटो व्यवसायीको १० करोड र तुलसीपुर उपमहागनरपालिकाको एक करोड सहित ११ करोड लागतमा भौतिक संरचना निर्माण गरेर अटोभिलेज संचालनमा ल्याइएको तुलसीपुर अटोभिलेज व्यवस्थापन समितिका उपाध्यक्ष पदम पोख्रेल (जेठुकान्छु) ले जानकारी दिनुभयो ।
नयाँ बसर्पाक देखि करिब डेढ किलोमिटर दक्षिणमा रहेको ७ विघाह प्रति ऐलानी जग्गामा निर्माण गरिएको अटोभिलेजमा अहिले एक सय ५० जना व्यवसायी छन् । उपाध्यक्ष पोख्रेलका अनुसार पातुखोला वारी र पारी छनौट गरिएको अटोभिलेजलाई ‘ए’, ‘बि’ र सुपर भनेर तीन भागमा बर्गीकरण गरिएको छ ।
प्रति व्यक्ति ६ मिटर चौडाई र १० मिटर लम्बाईका घडेरीमा भौतिक संरचना आफै निर्माण गरेका व्यवसायीले उपमहागनरपालिकालाई मासिक एक हजार भाडा बुझाउने सहमति भएको अटोभिलेजका सहजकर्ता कविराज आचार्यलेले जानकारी दिनुभयो ।
पहिलो चरणमा तटबन्ध, विद्युत, खानेपानी विस्तार र फिल्ड निर्माणको काम पुरा गरेको अटो व्यवस्थापन समितिले दोस्रो चरणमा भवन निर्माण गरेको सहजकर्ता आचार्यले बताउनुभयो ।
व्यवसायी उत्साहीत
साविकको नयाँ बसपार्क स्थित साँगुरो ठाउँमा विभिन्न मोटरहरु मर्मत गर्दै आएका व्यवसायीले फराकीलो ठाउँमा काम गर्न पाउदा निकै सहज भएको बताएका छन् ।
‘बस पार्कमा हुँदा तीन मिटर जग्गामा ४ जनासम्म कोचाकोच गरेर काम गर्नु पर्ने बाध्यता थियो,’ भान्जा टयार मर्मतका मनोज चौंधरीले भन्नुभयो– ‘यहाँ त ६ मिटर चौडाई र १० मिटर लम्बाई भएको जग्गामा काम गर्न पाउँदा निकै आनन्द आएको छ ।’
साँगुरो ठाउँमा काम गर्दा दुर्घटनाको सम्भावना हुनुका साथै ग्यारेजबाट उत्पादन भएको फोहर समेत व्यवस्थापन नहुँदा दुर्गन्धका कारण ज्यानै जोखिम परेको व्यवसायीले बताउने गरेका छन् ।
ठूलो सफलता हो : उपमहानगरपालिका
अटोभिलेजलाई व्यवस्थीत रुपमा विकास गरी टुरिजम हबका रुपमा स्थापीत गर्ने उद्देश्य बोकेको तुलसीपुर उपमहानगरपालिकाले यसलाई ठूलो सफलताका रुपमा लिएको छ । छरीएर रहेका अटो व्यवसायीलाई एकीतृत गर्दा सवैखाले सेवा एकै ठाउँबाट पाउन सकिने भन्दै नगरप्रमुख घनश्याम पाण्डेले तुलसीपुर बस पार्कलाइ व्यवस्थीत र सुन्दर बनाउन सहयोग मिलेको बताउनुभयो ।
‘बर्षौ देखि बसपार्कमा अव्यवस्थीत रुपमा रहेको ग्यारेजलाई व्यवसायीको सहयोगमा व्यवस्थापन गर्नु उपमहानगरपालिकाका लागि निकै ठूलो उपलब्धी हो,’ नगर प्रमुख पाण्डेले भन्नुभयो– ‘ यसले उपमहानगरपालिका अब विकासको गतिमा अघि बढ्यो भन्ने सन्देश दिएको छ ।’
पुर्वाधार विकासमा जोड दिनुपर्छ
यसै विच तुलसीपुर अटो व्यवस्थापन समितिले अझै भौतिक पुर्वाधार विकासम जोड दिनु पर्ने बताएको छ । अटोभिलेजलाई थप व्यवस्थीत र दिगो बनाउन उपमहानगरपालिकाको ६ र ९ नम्बर वडालाई जोड्नेगरी पातुखोलामा पुल निर्माण, सडकको स्तर उन्नती र तटबन्ध गर्नुपर्ने विषयलाई व्यवसायीले जोड दिएका छन् । ‘अटो भिलेजको नामाकरण र नक्साङकनको परिकल्पाना मैले १२ बर्ष अघि लिएको हुँ,’ समितिका उपाध्यक्ष पदम पोख्रेलले (जेठुकान्छु) ले भन्नुभयो– ‘आज यसलाई हेर्न देशका विभिन्न स्थानीय तहबाट मान्छेहरु आउँदा हामीलाई धेरै खुशी लाग्ने गरेको छ ।’