जवरजस्ति करणी गर्ने एक जना दाङमा पक्राउ

तुलसीपुर,१७ माघ ।

जवरजस्ति करणी गर्ने एक जना दाङमा पक्राउ परेका छन । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका २ रामपुर बस्ने बर्ष १८ को मुकेश विक रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनले घोराही ४ सोनपुर पारखेत बस्ने बर्ष ५ की एक वालिकालाई माघ १६ गते वेलुकी साढे ६ बजे घर नजिकको खोलामा लगी जबरजस्ती करणी गरेका थिए ।

निजलाई पक्राउ गरी मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद (१८ को दफा २१९ बमोजिम ( करणी सम्बन्धी) कसूरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रवत्ता राम प्रसाद घर्ति मगरले जानकारी दिएका छन । वालिकाको सामान्य उपचार पछि सामान्य अवस्था रहेको जनाईएको छ ।।

प्रकाशित मिति : २०७५ माघ १७ गते बिहिवार
प्रतिक्रिया