रासायीनिक मल अभाव हुदा किसानहरु मर्कामा,मल आउन अझै १० दिन लाग्ने

लक्ष्मण विश्वकर्मा,तुलसीपुर, १७ माघ ।       दाङ लगाएत देशैभर रासायनिक मलको अभाव हुदा किसानहरु मर्कामा परेका छन् । गहुँ,मसुरो,आलु र तोरि जस्ता बालीमा रासायनिक युरिया मल हाल्ने समय हुदा मलको अभाव भएको हो । हिउँदे वर्षा भएसंगै हर्षित भएका किसानहरु युरिया मल नपाएपछि यतिबेला चिन्तित भएका छन् ।
दाङमा विगत एक महिना देखी युरिया मलको अभाव भएको छ । खेतबारीमा लगाएको बालीमा मल हाल्ने समयमा मल नपाएपछि उत्पादन कम हुने भन्दै किसानहरु चिन्तित भएका छन् । जिल्लामा सहुलियत दरको मल बिक्री गदै आएका कृषि सामाग्रि कम्पनि लिमिटेड र साल्ट टेडिङ कर्पोरेशनले देशैभरको समस्या भएको बताएका छन् । उक्त कार्यालयहरुमा विगत एक महिना देखी मलको अभाव भएको बताईएको छ ।
यता कृषि सामग्री कम्पनी लिमिटेड उपशाखा कार्यालय तुलसीपुरले अवको हप्ता ÷ १० दिनमा मल आईपुग्ने बताएको छ । कार्यालयका प्रमुख तिर्थराज न्यौपानेले देशैभरीको समस्या भएको बताउदै नारायणी पश्चिम तर्फ विगत एक महिना देखी र नारायणी पुर्वमा हप्ता ÷ १० दिन देखी मल अभाव भएको बताएका छन् ।
उनका अनुसार कोलकत्ताबाट ल्याईने मल लोड भएको र आफुहरुले भैरहवा कार्यालयमा निरन्तर सम्पर्क गरिराखेको हुदा अवको केहि दिनमै दाङमा मल आईपुग्ने दावी गरिएको छ । यसरी पटकपटक मल अभाव हुनुको कारण प्रर्याप्त अनुदान नपाउनु र कोलकत्तामा लोड गर्ने नम्वर ढिलाई हुनुले मल अभाव हुने अवस्था आउने गरेको बताईएको छ ।

प्रकाशित मिति : २०७५ माघ १७ गते बिहिवार
प्रतिक्रिया