बिष खान नमानेपछि प्रेमिकामाथि निर्घात कुटपिट

इलाम । इलामको सन्दकपुर गाउँपालिका–३ सुलुबुङ्गका एक युवाले आफ्नी प्रेमिकालाई विषय खुवाएर हत्या गर्ने प्रयोस असफल भएपछि निर्घात कुटपिट गरेका छन् ।

३३ वर्षीय सागर सुवेदीले विष खान नमानेको भन्दै प्रेमिकामाथि कुटपिट गरी घाइते बनाएका हुन् ।

सुवेदीले ती युवतीलाई भगाएर जंगलमा लगेर विष खुवाउन खोजेका थिए । तर, युवातीले नमानेपछि कुटपिट गरेर जंगलमानै छाडेर भागेका थिए ।

सुवेदीले कुटपिट पछि मरेको भनेर जंगलमा छाडेर हिडेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक टंक प्रसाद भट्टराईले बताए ।

युवतीलाई जिल्ला अस्पतालमा उपचार असम्भव भएपछि उपचारका लागि झापास्थित वीएण्डसी अस्पताल लगिएको छ । युवकलाई प्रहरीले नियन्त्रणमा लिएर अनसुन्धान थालेको छ ।

प्रकाशित मिति : २०७५ माघ १७ गते बिहिवार
प्रतिक्रिया