रोल्पामा एक बृद्ध मृत फेला

तुलसीपुर, १६ माघ । रोल्पामा मंगलवार साँझ एक बृद्ध मृत अबस्थामा फेला परेका छन् । रोल्पा नगरपालिका ४ तितृकोट बस्ने ६५ बर्षिय मदु रावत मृत फेला परेको प्रहरीले बताएको छ । उनी घर देखी झन्डै ३० मिटर टाढा भिरालो जमिनमा मृत अवस्थामा फेला परेपछि उनका परिवारले प्रहरीलाई जानकारी गराएका थिए । घटनाको खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी निरीक्षक लिलाराम आचार्यको नेतृत्वमा ८ जनाको टोली घटना स्थलमा पुगेर मृतकको शबलाई जिल्ला अस्पताल रेउघामा लगेर पोष्टमार्टम पछि मृतकका परिवारको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ माघ १६ गते बुधवार
प्रतिक्रिया