संगठनद्धारा ट्राफिक सचेतना अभियान सुरु

तुलसीपुर, १५ माघ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन तुलसीपुर उपमहानगर कमिटि तुलसीपुर दाङले सडक दुर्घटना न्युनीकरण गर्नका लागी ट्राफिक सचेतना अभियानको सुरुवात गरेको छ । संगठनको केन्द्रिय निर्णय अनुसार मंगलवार तुलसीपुरमा सचेतना कार्यक्रमको आयोजना गरी अभियानको सुरुवात गरिएको संगठनका केन्द्रिय सदस्य खगेन्द्र बहादुर वलीले जानकारी दिएका छन् ।
तुलसीपुर नगरकमिटिका अध्यक्ष केशव बहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख चन्द्र केसीले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा म जिम्मेवार यातायात मजदुर हुं, मैले ट्राफिक नियमको पालना गर्दछु, मादक पदार्थ सेवन गरि सवारी चलाउदिन, सवारी साधन चलाउदा मोवाएल फोन प्रयोग गर्दिन, महिला, बालबालिका, अपाङग, असहाय र जेष्ठ नागरिकहरुलाई सम्मान गर्नेछु जस्ता विषयमा जानकारी गराईएको थियो ।कार्यक्रममा पाँच दर्जन यातायात मजदुरहरुको सहभागिता रहेको थियो । साथै सन्देश मुलक लेखीएका पम्प्लेटहरु सवारी साधनमा टाँसीएको थियो ।

प्रकाशित मिति : २०७५ माघ १५ गते मङ्गलवार
प्रतिक्रिया