दाङ,१४ माघ ।
यूवती अपहरण गर्ने तीन जनालाई दाङ प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । घोराही उप महानगरपालिका ३ भैसकुर बस्ने वर्ष १९ कि यूवतीलाई सामान्य चिनजानमा शुक्रवार तुलसीपुर चोकबाट जवरजस्ती नियन्त्रणमा लिई फिलिम हेर्न जाम भन्दै घोराहीको रामपुर तर्फ टेम्पोमा लैजादा गर्दा लक्ष्मीपुर चोक नजिक केटीले प्रतिकार गर्न खोजे पछि स्थानिय समेतको सहयोगमा उनिहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर २ सुर्केडाँगी वस्ने बर्ष २४ का बिकास चौधरी,बर्ष २१ का बिकेन्द्र चौधरी र रामपुर बस्ने बर्ष २२ का दिपक नेपाली रहेको प्रहरी नायव उपरीक्षक राम प्रसाद घर्ती मगरले जानकारी दिएका छन । पिडित यूवतीको जाहेरीमा निजहरु उपर मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद १७ को दफा २११ बमोजिम अपहरण उद्योग शिर्षकमा मुद्दा दर्ता गरी आवश्यक कार्वाही अगाडी वढाईएको ।