तुलसीपुर,१४ माघ ।
अवैध नदीजन्य बस्तुको उत्खनन् गर्ने ३ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । रा १ त २३२४, रा १ त १६१७ र रा १ त १९०० नम्बर को ट्याक्टर तुलसीपुरको पातुखोला र ग्वारखोला बाट नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
उक्त खोलाहरुमा अबैध रुपमा उत्खनन् गरी लगिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७५ माघ १४ गते सोमवार