रोल्पामा एक ब्यक्ती मृत भेटिए

रोल्पा ,१३ माघ ।

स्थानिय बजार बाट घर फर्किदै गरेका रोल्पाका एक ब्यक्ती मृत अबस्थामा फेला परेका छन् । रोल्पाको रुण्टीगढी गाउपालिका वडा नं. ७ धबाङ निबासी ४० बर्षीय दल बहादुर सार्की मृत फेला परेका हुन् । हिजो बिहान उनि स्थानिय दहबन बजार बाट घर तर्फ फर्किदै गरेको अबस्थामा गोरेटो बाटोमा स्थानियले मृत फेला पारेका थिए ।

मृत फेला पारेको खबर पाए लगत्तै ईप्रका होलेरीबाट प्रहरी टोली खटीएको थियो । घटनास्थलमा मृतकको शरीरमा कुनै घाउ चोटपटक नभएको प्रहरीले बताएको छ । घटनास्थल कार्य पुरा गरी शबलाई अहिले पोष्टमार्टमको लागी प्राथामिक स्वास्थ्य केन्द्र होलेरीमा राखिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरिक्षक दिपक खड्काले जानकारी दिएका छन ।

प्रकाशित मिति : २०७५ माघ १३ गते आइतवार
प्रतिक्रिया