धारपानीमा महायज्ञ सञ्चालन हुने

तुलसीपुर,१३ माघ ।
दाङको पाण्डवेश्वर मन्दीर धारपानीमा श्रीमद्भागवत् सप्ताह तथा धनधान्याञ्चल ज्ञान महायज्ञ सञ्चालन हुने भएको छ । महायज्ञको प्रमुख बाचकको रुपमा वाचनप्रविण पण्डित दीनबन्धु पोखरेल आउने भएका छन् । पाण्डवेश्वर धामको विकाश बृहत् आध्यात्मिक पर्या पर्यटकीय केन्द्र स्थापनाकालागी महायज्ञ सञ्चालन गर्न थालेको मन्दीर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारीले जानकारी दिएका छन् ।

आउदो फागुन ११ गतेदेखी सञ्चालनहुने महायज्ञ १८ गते सम्म सञ्चालन हुने धारापानी मन्दीर व्यवस्थापन समितिले जनाएको छ ।महायज्ञ सञ्चालनका गर्नका लागी मन्दीर व्यवस्थापन समितिले सनिवार दाङको घोराहीमा अन्तरक्रिया कार्यक्रमगरी मुल आयोजक समिति समेत गठन गरेको छ ।

महायज्ञ सञ्चालनका लागि मुल निर्देशकको रुपमा पाँच नं प्रदेशका प्रदेश सभा सदस्य अमरबहादुर डाँगीलाई चयन गरीएको छ भने उप निर्देशकको रुपमा जिल्ला समन्वय समिति दाङका उप प्रमुख श्रीधर शर्मा पौडेल, दाङ जिल्ला उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष माधव प्रसाद शर्मा, नागरीक समाज दाङका सयोजक चन्द्रराज पन्त र नारायण तर्ताल रहेका छन् ।

मुल आयोजक समितिको अध्यक्षमा मन्दीर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीलाई नै राखिएको छ । त्यस्तै बरिष्ठ उपाध्यक्षमा हेमराज बन्जाडे रहेका छन् भने उपाध्यक्षमा शारदा पोख्रेल, शंकर गौतम, जगविर चौधरी रहेका छन् । त्यस्तै महासचिवमा विष्णुराम आचार्य रहेका छन् भने उप महासचिवमा निशान्त आचार्य र धनीराम योगी रहेका छन् ।

त्यसैगरी सचिवमा गोविन्द पौडेल, शरद आचार्य, श्रीधर पोख्रेल, श्याम आचार्य, कुमारराज श्रेष्ठ, कृष्णप्रसाद सुवेदी र मालता अधिकारी रहेका छन् । कोषध्यक्षमा बोधिलाल शर्मा रहेका छन् भने सह कोषध्यक्षमा शिवराज पौडेल र कृष्ण भुषाल रहेका छन् ।

सदस्यहरुमा जिल्लामा क्रियाशिल संघसंस्था तथा व्यक्तिहरु सम्मीलित तीन हजार एक जना रहेका छन् । मुल आयोजक समिति गठन लगत्तै वसेको पहिलो बैठककले विभिन्न उप समितिहरु समेत चयन गरेको छ । आर्थीक उपसमितिको संयोजकमा गिरीराज खड्का, सुरक्षा उपसमितिको संयोजकमा टेकनाथ आचार्य, मञ्च व्यवस्थापन समितिको संयोजकमा विवेक बुढाथोकी, सञ्चार उपसमितिको संयोजकमा सन्तोष अधिकारी रहेका छन् ।

प्रकाशित मिति : २०७५ माघ १३ गते आइतवार
प्रतिक्रिया