२०८३ भाद्र २२ गते सोमवार

गाणित बिषय शिक्षण सम्वन्धि तालिम सम्पन्न

अञ्जना चौधरि,तुलसीपुर २३ चैत्र । एन प्याव्सन दाङको आयोजना तथा एम म्याथको सहकार्यमा शिक्षकहरुका लागी एक दिने गाणित बिषय शिक्षण सम्वन्धि तालिम डिभाईन टेम्पल एकाडेमि तुलसीपुरमा सम्पन्न भएको छ । एन प्याव्सन दाङका वरिष्ठ उपाध्यक्ष बिमल गौतमको अध्यक्षता तथा विद्यालय निरिक्षक नारायण प्रसाद पौडेलको प्रमुख आतित्थ्यतामा भएको तालिम उदघाटन कार्यक्रममा बोल्ने बक्ताहरुले धेरै भन्दा धेरै शैक्षिक सामाग्रिहरुको प्रयोग गरेर शिक्षण गर्नुपर्नेमा जोड दिएका थिए । शैक्षिक सामाग्रिको प्रयोगले बाल बालिकाहरुको सिकाई उपलव्धीमा बृद्धि हुने समेत बताएका थिए । सो अवसरमा बोल्दै एम म्याथका कार्यकारि निर्देशक एव प्रशिक्षक दिपक अधिकारीले यो पद्धति अमेरिकामा ७० वर्ष देखि लागु भएको बताउनु भयो । नेपालमा पनी करिव १ सय ५० निजी तथा सरकारि बिद्यालयहरुमा एम म्याथ पठन पाठन भैरहेको बताउनुभयो । उहाँले एम म्याथमा धेरै भन्दा धेरै चित्र बिधिको प्रयोग गरिने भएकाले बालबालिका हरुले सजिलै वुझ्ने बताउनुभयो । साथै उहाँले एम म्याथले बालबालिकाहरुको दैनिक जिवनमा प्रयोग गरेर सिकाउने भएकाले बालबालिहरु खुसी साथ सिक्ने बताउनुभयो । सो अवसरमा एन प्याव्सन दाङका पुर्व उपाध्यक्ष नरेश आचार्य लगाएतकाले मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रमको संचालन एन प्याव्सन दाङका उपाध्यक्ष तथा डिभाईन टेम्पल एकाडेमिका प्रिन्सीपल भोजराज न्यौपानेले गर्नु भएको थियो ।।
प्रकाशित मिति : २०७३ चैत्र २३ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।