बहुबिवाह मुद्धाका दोषि ६ बर्ष पछि प्रकाउ

सल्यान,११ माघ ।

सल्यानमा बहुबिवाह मुद्धाका दोषि ६ बर्ष पछि प्रकाउ परेका छन् । जिल्लाको छायाँक्षेत्र गर्चेमा स्थायी घरभई हाल बाँकेको खजुरा गाउँपालीका वडा नम्बर ६ बस्ने २९ बर्षिय जयराम पुन लाई प्रहरीले प्रक्राउ गरेको हो । उनलाई जिल्ला अदालत सल्यानले २०६९ सालमा १ बर्ष कैद र ५ हजार जरिवाना सुनाएको थियो । उनि फरार रहेका थिए । उनलाई लुकीछिपी बस्दै गरेको सुचनामा प्रकाउ गरीएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ । उनलाई जिल्ला अदालत सल्यानमा आबश्यक कारबाही पछि जिल्ला कारागार सल्यानमा सजाय भुक्तानीको लागी पठाईएको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०७५ माघ ११ गते शुक्रवार
प्रतिक्रिया