काग्रेस र माओवादी केन्द्रले मधेसी मोर्चा लाई उग्र बनाए : एमाले नेता पोख्रेल

तुलसीपुर,२३ चैत्र ।
नेकपा एमालेका स्थायी समिटी सदस्य शंकर पोखरलले कांग्रेस र माओवादी केन्द्रका कारण मधेसी मोर्चा उग्र हुदै गएको आरोप लगाएका छन् । नेकपा एमाले तुलसीपुर उपमहानगरपालीका पाँच नम्बर वडा भेलालाई सम्बोधन गर्दै पोखरेलले सकिन लागेको मेधसी मोर्चालाई सरकार परिवर्तन गरेर बचाएको बताए । केपि वली नेतृत्वको सरकारले गरेको लोकिप्रिय कार्यक्रम देखेर अत्तालिएका कांग्रेस र माओवादी केन्द्रले विग्रहकारी मोर्चालाई साथ ल्याएर पुलपुल्याएको बताए । ‘गोविन्द केसीको अनसनको समर्थनमा हजारौं समर्थकहरु सडकमा उर्लनथे, तर तराइमा आन्दोलन तुहिइए पछि काठमान्डौमा आएर अनसनमा बसेका मोर्चालाई हेर्नजाने मान्छेको संख्या एक सय पनि हुदैन्थ्यो, जव सरकार परिवर्तन भयो मोर्चा हावी भयो पोखरेलले भने ।’ मोर्चाको एक पछिको अर्को मागले देशमा स्थितरता पैदा गरायो यसको दोषी कांग्रेस र माओवादी केन्द्र हुन् उनले भने ।।

प्रकाशित मिति : २०७३ चैत्र २३ गते बुधवार
प्रतिक्रिया