रुखबाट खसेर दाङमा एक जनाको मृत्यु

तुलसीपुर,१० माघ ।

रुखबाट खसेर दाङमा एक जनाको मृत्यु भएको छ । रुखमा घास काट्ने क्रममा खस्दा गढवा गाउँपालिका ५ निवासी ७० बर्षीय देवीबहादुर गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

हिजो साँझ पाँच बजेतिर स्थानीय कक्रहवा चिउरीघाट सामुदायिक वनमा सालको रुखमा घस काट्दा खसेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताएका छन । शवको परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २०७५ माघ १० गते बिहिवार
प्रतिक्रिया