तुलसीपुर,९ माघ ।
तुलसीपुर क्षेत्रमा चोरी गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालीका वडा नं.७ बस्ने बर्ष २० का कृष्ण चौधरी, बर्ष २० को सचिन चौधरी , बर्ष ३६ को गुरु प्रसाद चौधरी र बर्ष १५ का नावालक रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
तुलसीपुर बजार तथा आसपासका टोलहरुमा घरमा कोही नभएको मौका छोपी बिभिन्न मितिमा चोरी भएको घटना सम्बन्धमा अनुसन्धान गर्दै जाँदा आज दिउसो दुई वजेतिर उनिहरुलाई पक्राउ गरिएको हो ।
सचिन चौधरी र कृष्ण चौधरीको घर खानतलासी गर्दा निजहरुको घरबाट सुन चाँदीका गर गहाना, मोवाईल, क्यामरा गरी अन्दाजी (पाँच लाख) बरावरको सामान समेत बरामद गरीएको छ । उनिहरुले घरको ताल्चा फोडी घरमा भएका दराज तथा झोलाहरुमा राखेका नगद तथा सुन चाँदीका गर गहाना, बिभिन्न कम्पनीका मोवाईल, क्यामरा लगायतका सामानहरु चोरीको जनाइएको छ । उनिहरुलाई डाँका चोरी मुद्दा अन्तरगत अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । चोरीमा संलग्न रहेका कृष्ण चौधरी र सचिन चौधरीको नाममा गत साउन १६ गते चोरी मुद्दा शिर्षकमा मुद्दा समेत दर्ता भएको जनाइएको छ ।
यस्तै,, मोटरसाईकल चोरी गर्ने एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं.७ खर्चवा वस्ने वर्ष २० का तिलक चौधरी रहेको प्रहरीले जनाएको छ । तुलसीपुर उप(महानगरपालिका वडा नम्बर ७ तमाखे वस्ने वर्ष ४० को छविलाल भण्डारीले आफ्नै घरमा मिति असोज १८ गते पार्किङ्ग गरी राखेको भे ५ प.५३६७ नं.मोटरसाईकल चोरी गरी नम्बर परिवर्तन गरी उनले चलाइ रहेका थिए । निज चौधरीको बारेमा चोरी मुद्दा अन्तरगत अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।।