आज रामनवमी पर्व ,रामको पूजा आराधना गरी देशभर मनाइदै

तुलसीपुर,२३ चैत्र ।
आज चैत्र शुक्ल नवमी तिथी, आज रामनवमी पर्व मनाईंदैछ । श्रद्धा तथा भक्तिपूर्वक रामको पूजा आराधना गरी पर्व देशभरी नै मनाइदैछ । हरेक वर्षको चैत शुक्ल नवमीमा यो पर्व मनाउने परम्परा छ । मर्यादा पुरुषोत्तमका नामले चिनिने रामको जन्म भएको दिनको सम्झनामा राम मन्दिरमा पूजापाठ गरी यो चाड मनाइन्छ । असूर र अत्याचारी रावणमाथि विजय प्राप्त गरेका श्रीरामको सम्झनामा राम मन्दिरहरुमा पूजापाठ गर्ने चलन रहेको हो । त्रेतायुगमा यसै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ । देशभरका बिभिन्न पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ ब्रत बसी रामगीता पाठ गर्ने चलन छ । जनकपुरको रामजानकीसहित देशभरका राम मन्दिरमा पूजाआजाका लागि भक्तजनको भीड लागेको छ । राम जानकी मन्दिरमा नेपाल र भारतका श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

प्रकाशित मिति : २०७३ चैत्र २३ गते बुधवार
प्रतिक्रिया