तुसीपुर ५ माघ
अश्वारा माध्यामिक विद्यालय तुलसीपुर–८ अश्वारामा प्राविधिक शिक्षा संचालनार्थ शैशिक तथा धार्मिक महोत्सव शनिबार देखि सुरु भएको छ । महोत्सव माघ ११ गते सम्म संचालन हुनेछ । महोत्सवको उद्घाटन गर्दै तुलसीपुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डेले देशकै नमुना विद्यालय बनाउन सम्पुर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
शैक्षिक तथा धार्मिक महोत्सवले प्राविधिक शिक्षाको सपनालाई पुरा गर्ने बताउदै प्रमुख पाण्डेले त्यसका लागि सबैको सहभागिता र सहयोग अपरिहार्य रहेको बताउनुभयो । ‘यो विद्यालय नभइदिएको भए म यो अवस्थामा पुग्ने थिएन,’ कक्षा एक देखि सात सम्म पढेको स्मरण गर्दै नगर प्रमुख पाण्डेले भन्नुभयो– ‘म जुन अवस्थामा छु जे अवस्थामा छु त्यो सबै मावि अश्वरा स्कुलको देन हो ।’ महान कार्यलाई सफल पार्न जेजति सहयोग गर्न सकिन्छ, त्यति सहयोग गर्न नगरबासीलाई पाण्डेले आग्रह गर्नु भयो ।
दाङको भूमिलाई पवित्र बनाउन तथा फाटेको मनलाई जोडेर शैक्षिक जागरण ल्याउन महोत्सवले महोत्वपूर्ण भूमिका निर्भाह गर्नेमा आफु आशाबादी रहेको समेत बताउनुभयो । दाङलाई पर्यटीय र धार्मिक रुपमा विकास गर्न आवश्यक रहेको भन्दै नगर प्रमुख पाण्डेले सत्कर्म र सत्मार्गले नै शान्त समाज निर्माण र समृद्ध नेपालको समपना पुरा गर्ने विश्वास औंल्याउनु भयो ।
कार्यक्रमा अन्य सहभागि वक्ताले अहिले सम्मका ठूला परिवर्तन र महान कार्यहरु सामूहिक सहकार्य र सहयोगबाट सफल भएको भन्दै भोलिका सन्तानका लागि पनि पवित्र कार्यमा सहयोग गर्न आवश्यक रहेको बताएका थिए । महोत्सव मूल आयोजक समारोह समितिका अध्यक्ष टेक नाथ योगिको अध्यक्षामा भएको कार्यक्रममा तुलसीपुर उपमहागनरपालिका उप्रमुख माया आचार्य, नेपाली कांग्रेस दाङका सभापति कृतिबहादुर खड्का, ५ नं। प्रदेश पतञ्जली योग समितिका प्रभारी दिपक बस्याल, विद्यालयका प्रधानाध्यापक हिरालाल न्यौपाने, तुलसीपुर उपमहागनरपालिका–८ का वडाध्यक्ष वेदबहादुर केसी, दुई नम्बर वडाध्यक्ष लक्ष्मण भण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरणबहादुर शाह लगाएतले बोल्नु भएको थियो । सो अवसरमा विभिन्न धार्मिक तथा स्वदेशगान सम्बन्धि गित र नृत्य प्रस्तु गरिएको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक खगेन्द्र काफले गर्नुभएको थियो ।
शोभायात्रामा दर्जनौ संघसंस्थाको सहभागिता
एक करोड आर्थिक संकलन गर्ने उद्देश्यले संचालित महोत्सव सुरु हुुनु पुर्व विद्यालयबाट सुरु भएको शोभायात्रा, कृष्णमन्दिर, दोघरे हुदै पाँच किलो मिटर टाढाको दुरीमा रहेको तुलसीपुर बजारसम्म पुगेर विभिन्न भाग परिक्रमा गरेर पुनः अश्वारामा पुगेर कोणसभामा परिनत भएको थियो । महोत्सव सफल पार्न आयोजना गरिएको शोभायात्राको स्वागतार्थ अश्वारा देखि कुष्णमन्दिरसम्म सडक छेउछाउँका स्थानीयबासीले विभिन स्थानमा घडा र कलस राखेका थिए ।
शोभायात्रामा तुलसीपुर नगर जेसीज,अश्वारा खानोपनी, मावि दोघरे, चन्द्रज्योति मावि भमके, सृजना टोल विकास संस्था, शान्तितदिप बोडिङ स्कुल, राप्ती अंचल आर्युवेद योग केन्द्र, पिएण्ड के पाठशाला, राधाकृष्ण आमा समुह, सीवसेना नेपाल दाङ, सृजना आमा समूह, अश्वारा कृषी सहकारी संस्था, पतञ्जली योग समिति, पुष्पाञ्जली खरी बाख्रा महिला समूह, फुलबारी सामुदायिक वन, दिप ज्योति आमा समूह, स्मृति टोल विकास संस्था, सरस्वती चौतारा आधारभूत विद्यालय, महालक्ष्मी सामुदायिक वन समूह, महालक्ष्मी टोल समूह लगाएत ३३ वटा वटा विभिन्न संघसंस्थाको सहभागिता रहेको थियो । शैक्षिक तथा धार्मिक महोत्सवको प्रमुख बाचकमा पण्डित हरिशरण उपाध्याय र संकल्पकर्ता इश्वर शरण माहाराज हुनुहुन्छ ।