तुलसीपुरको हरीपौरीमा बस दुर्घटना, घाईते ७ जनाको उपचार हुदै

तुलसीपुर,५ माघ ।

तुलसीपुर उपमहानगरपालीका १२ हरीपौरीमा बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी घाईते भएका ७ जना लाई थप उपचारका लागि कोहलपु्र रिफर गरिएको छ । घाईते तुलसीपुर ११ कि ४५ बर्षिय राधा मल्ल, बर्ष ५५ किा केशव डागी, तुलसीपुर १८ निवासि बर्ष ३६ कि माया पुरी,बर्ष ३८ कि हिरा थापा,तुलसीपुर ६ बस्ने बर्ष २२ कि आशा विक,तुलसीपुर १२ बस्ने बर्ष ४९ कि खिमा वली
र तुलसीपुर ११ बस्नेत बर्ष ५५ कि गिता मल्ल लाई रिफर गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

आज दिउँसो तुलसीपुरबाट दमारगाउँ तर्फ जादै गरेको रा १ ख ४९४ नम्वरको बस हरीपौरीमा दुर्घटना भएको प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिएका छन् । दुर्घटनाको कारण बारे अझै केहि खुलेको छैन । सामन्य घाईते १८ जना भने उपचार पछि घर फर्किसकेका छन । बसमा चालक, सहचालक सहित २७ जना सवार थिए ।

प्रकाशित मिति : २०७५ माघ ५ गते शनिवार
प्रतिक्रिया