विजौरी बलात्कार काण्डका मुख्य दोषि पक्राउ

तुलसीपुर,४ माघ ।
विजौरी वलत्कार काण्डका मुख्य अपराधी दश बर्ष पछी पक्राउ परेका छन । सर्वोच्च अदालतबाट दोषी करार भई फरार भएका तुलसिपुर उपमहानगरपालिका वडा नं. १८ निवासी ३१ बर्षिय बिष्णु चौधरीलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरि सार्वजनिक गरेको छ ।
चौधरीलाई २०७३ साल फागुन ३० गते सर्वोच्च अदालतका न्यायाधीशद्धय गोपाल पराजुली र गोविन्दप्रसाद उपाध्यायको संयुक्त इजलाशले २०६५ साल चैत १५ गते दाङको बिजौरीमा एक किशोरीलाई बलात्कार गरी लुटपाट गरेको ठहर गर्दै ९ बर्ष ११ महिना २ दिन कैद र ५० हजार रुपैँया जरीवाना गर्ने अन्तिम फैसला सुनाएको थियो । अदालतको फैसलापछी चौधरी अर्धभुमिगत शैलीमा बस्दै आएका थिए ।

उच्च प्रहरी स्रोतका अनुसार चौधरीलाई जिप्रका दाङबाट खटिएको बिशेष टोलीले तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १८ स्थित उनकै घरबाट हिजो दिउँसो ३ बजेतिर पक्राउ गरेको हो । ०६५ चैत १५ गते राती घोराहीको एक क्याम्पसमा अध्ययनरत १७ बर्षिय कल्पान खनाल नेपाल बन्दको बेला तुलसीपुर बाट घोराही पैदल हिडेर जादै गर्दा उनि माथी सामुहीक बलत्कार भएको हो । पिडा सहन नसकेर घटना भएको ८४ औं दिनमा उनको निधन समेत भएको थियो ।

नसालु पदार्थ खुवाएर उनि माथी रातभर सामुहीक बलत्कार भएको थियो । घटनामा संलग्न ६ जनाले सजाय भुक्तान गरेका छन् । पहुँच वाला व्यक्ति संग हिड्ने, चौधरीलाई चार पाँच दिन देखी पिछा गरेर प्रहरीले पक्राउ गर्न सफल भएको दाङका प्रहरी प्रमुख एसपी बेल बहादुर पाण्डेले बताएका छन ।

चौधरी पूर्वसभामुख ओनसरी घर्ती निकट थिए । उनी अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय सदस्य समेत हुन् ।चौधरीलाई आज जिल्ला अदालत घोराही मार्फत कारागार चलान गरिएको दाङका एसपी बेलबहादुर पाण्डेले जानकारी दिए । घटनमा संलग्न मोहन पुन भने अझै फरार रहेको र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५ माघ ४ गते शुक्रवार
प्रतिक्रिया