बिचौलियाको शोषणमा नपर्ने गरी नेपाली श्रमिक लैजान जापान तयार भएको छ । काठमाडौंमा बुधबार उच्चस्तरीय बैठकमा दुवै देश यसका लागि आवश्यक संयन्त्र बनाउन सहमत भएका छन् । बैठकमा सहभागी हुन जापानबाट ९ सदस्यीय टोली आएको थियो ।
‘नेपाली श्रमिकलाई जापान लैजाने सवालमा दुई देशबीचको यो प्रारम्भिक बैठक हो । पहिलो बैठकमै श्रमिक भर्ना प्रक्रियासँग सम्बन्धित महत्त्वपूर्ण विषयमा आआफ्ना धारणा राख्ने काम भयो,’ बैठकको नेतृत्व गरेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले भने, ‘यसले दुई देशबीच यथाशक्य छिटो द्विपक्षीय समझदारी गर्ने बाटो तय भयो ।’ आउँदो अप्रिलबाटै जापानले विदेशी श्रमिक लैजाने तयारी गरेको घिमिरेले बताए ।
प्रकाशित मिति : २०७५ माघ ४ गते शुक्रवार