बिरगञ्जका यी दुई युवाले दाङमा सुनको सिक्रि चोरे

तुलसीपुर,२ माघ ।

सुनको सिक्रि चोरी गर्ने दुई जना दाङमा पक्राउ परेका छन । पक्राउ पर्नेमा बीरगंज महानगरपालिका वडा नम्बर ३२ बस्ने बर्ष २१ का मुकेश यादब र बर्ष १६ को प्रदिप यादव रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनिहरुले माघिको दिन घोराही उपमहानगरपालिका वडा नम्बर १३ बाह्रकुने दहमा घोराही १६ बस्ने बर्ष ५१ की पन्चमाया बुढाले घाँटीमा लगाएको साढे तीन तोलाको सनको सिक्री लुटेर फरार रहेका थिए ।

उनिहरुलाई सिक्रि सहित पक्राउ गरी मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद २० को दफा २४६ बमोजिमको वगलीमारी गर्ने कसुरमा आवश्यक कारवाही अगाडी बढाइएको प्रहरी प्रवत्ता राम प्रसाद घर्तिले जानकारी दिएका छन ।

 

प्रकाशित मिति : २०७५ माघ ३ गते बिहिवार
प्रतिक्रिया