आगोमा जलेर एक महिलाको ज्यान गयो

इलाम – आगोमा जलेर इलाममा एक महिलाको बिहीबार ज्यान गएको छ । इलामको फाकफोकथुम गाउँपालिका वडा नम्बर ५ लुम्देकी ५४ वर्षीया बिष्णुमाया राईको जलेर मृत्यु भएको हो ।

कोठामा टुकी बत्ती बालेर सुतिरहेको अवस्थामा बेडमा आगो सल्किएपछि घाइते भएकी राईको उपचारको क्रममा अस्पतालमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ । मृतकलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो ।

प्रकाशित मिति : २०७५ माघ ३ गते बिहिवार
प्रतिक्रिया