आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइदै

तुलसीपुर,२ माघ ।

आज २१औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस,देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । वि.सं.१९९० साल माघ २ गते महाभूकम्प गएको सन्दर्भ पारेर २०५५ सालदेखि भूकम्पीय सुरक्षा दिवस मनाउन थालिएको हो ।

भूकम्पबाट जोगिन र सुरक्षित रहनका लागि के कस्ता विधि अपनाउन सकिन्छ ? भन्नेबारे सचेतना फैलाउने उद्देश्यले आज देशैभर विभिन्न सचेतनामूलक कार्यक्रम गरिने राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले जनाएको छ । भूकम्पबाट ठूलो जनधनको क्षति नहोस् भन्नका लागि दिवस मनाउन थालिएपनि नेपालमा २०७२ सालको भूकम्पले ठूलो क्षति पु¥याएको थियो ।

प्रकाशित मिति : २०७५ माघ २ गते बुधवार
प्रतिक्रिया