इनारमा डूवेर महिलाको मृत्यु

तुलसीपुर,२९ पुुस

इनारमा  डूवेर घोराहीको नौलो टोलमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका –१८ नौलो टोल निवासी ५० बर्षकी जुगानी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो  । चौधरी नुहाउने क्रममा इनामा डुबेको प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति : २०७५ पुष २९ गते आइतवार
प्रतिक्रिया