दिप्तीशिखा चौधरी,दङ्गीशरण, २७ पुस ।
दङ्गीशरण गाउँपालिकामा आज र भोली गते हुन गईरहेको दुई दिने माघी बिशेष सांस्कृतिक महोत्सवको तयारी पुरा भएको छ । कार्यक्रम हुने स्थानमा स्टेज देखी लीएर गाउँपालिका को चौकचौकमा स्वागत गेट बनाउने सम्पूर्ण कार्य सकिएको छ ।
“थारु सस्ंकृती भेषभुषा हमार पहिचान,दङ्गीशरण गाउँपालिका हमार शान ”भन्ने मूल नाराका साथ हुन लागेको माघी साँस्कृतिक कार्यक्रमको उद्धघाटन प्रदेश ५ का आन्तरीक मामिला तथा कानुन मन्त्री कुल बहादुर के.सी.ले गर्ने कार्यक्रम संयोजक श्री प्रशाद चौधरीले बताएका छन् ।
त्यस्तै कार्यक्रममा नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरी, प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी, प्रदेश सभा सदस्य उत्तर कुमार वली,धमकली चौधरीको आतिथ्यता रहनेछ । महोत्सवमा २२ वटा नाच दर्ता भएका छन् ।
दर्ता भएका सबै नाचको प्रतियोगिता हुनेछ, जसमा प्रथम, द्वितीय, तृतीय हुनेलाई उचित पुरस्कारको व्यबस्था सहित प्रतियोगितामा भाग लिएका सम्पुर्ण समुहहरुलाई सान्त्वना पुरस्कारको व्यबस्था गरिएको छ । आज विहान १० वजे थारुहरुको पहिचान झल्किने झाँकीसहितका ¥याली निकालिने भएको हो ।
साथै ¥यालीमा उपस्थित भईदिन सयौंजक चौधरीले सम्पूर्ण थारु बुद्धिजीवी, थारु अगुवा आम थारु समुदाय लगायत सबैमा हार्दिक अनुरोध गरेका छन ।