तुलसीपुर २६ पुस
पूर्व राष्ट्रपति रामवरण यादवले राष्ट्रिय एकता कसरी गर्ने भन्ने चिन्ता भएको बताउनु भएको छ । दाङको टरीगाउँ विमान स्थलमा रिपोर्टर्स क्लब दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले समाजिक सद्भाव र देशको एकताका लागि सधै चिन्ता लाग्ने गरेको बताउनु भएको हो । ‘मेरो प्रायोटी भनेको देशको एकतालाई कसरी कायम राख्ने, समाजीक सद्भाव कसरी जोड्ने नै हो,’ पूर्व राष्ट्रपति यादवले भन्नुभयो, जातिय, क्षेत्रीय कुरामा समन्वय गर्ने र राष्ट्रिय एकता कायम गर्ने हो ।’
संविधान मार्फत देशमा देखिएको समस्या समाधान गर्नु पर्ने बताउदै उहाँले संविधान, कार्यान्वयनको बाटो अघि बढेकोले जनअपेक्षा पुरा हुनेमा आशा बादी रहेको बतउनुभयो । कार्यक्रमा रिपोर्टस क्लब दाङका अध्यक्ष सरद रेग्मीको अध्यक्षमा भएको थियो भने कार्यक्रमको सहजीकरण महासचिव बिमल गौतमले गर्नुभएको थियो ।
राष्ट्रिय एकताप्रति सधै चिन्ता लाग्छ : पूर्व राष्ट्रपति
प्रकाशित मिति : २०७५ पुष २६ गते बिहिवार
प्रतिक्रिया