बाल संरक्षणका लागि छलफल

तुलसीपुर

तुलसीपुर उपमहागनरपालिका– ५ र १३ नम्बर वडामा बालबालिकाको सवालमा छलफलल गरिएको छ । छलफलमा बाल श्रम, बाल संरक्षण, बाल क्लब गठन लगाएतका विषयमा छलफल गरिएको तुलसीपुर उपमहागनरपालिका,महिला विकास निरीक्षक माया श्रेष्ठले जानकारी दिनुभयो । उपहानगरपालिकामा रहेका १९ वटा वडा र विद्यालयमा बाल क्लव गठन गरि उनिहरुको नेतृत्व विकास तथा क्षेमता अभिवृद्धिमा सहयोग पु¥याउने उद्देश्यले पहिलो चरणमा छलफल चलाइएको हो ।

तुलसीपुर उपमहागनरपालिका अन्र्गत रहेको महिला विकास र न्युसिपिसिले प्रत्यक वडामा पुगेर सहजीकरणको भूमिका निर्भाह गरिरहेको बताइएको छ । सबै वडामा छलफल सकिएपछि बाल क्लव गठनको प्रकृया अघि बढाइने न्यु सिपिसिका सामाजिक परिचालक प्रभात धितालले जानकारी दिनुभयो । छलफलमा १३ नम्बरका वडाध्यक्ष डम्बर न्यौपाने, ५ नम्बर वडाध्यक्ष वीरेन्द्रकुमार शाह, टोल विकास संस्थाका पदाधिकारी, बाल क्लब र विद्यालयका शिक्षकहरुको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७५ पुष २५ गते बुधवार
प्रतिक्रिया