दाङमा ट्याक्टर दुर्घटना हुदा एकको मुत्यु

तुलसीपुर २५ पौष । दाङमा ट्याक्टर दुर्घटना हुदा एक जनाको ज्यान गएको छ । सवारीकोटवाट लक्ष्मीपुर तर्फ जादै गरेको रा १ त १२४५ नंम्वरको ट्याक्टर घोराही उपमहानगरपालिका ४ लक्ष्मीपुर स्थित दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । दाउरा लोड गरेको ट्याक्टर दुर्घटना हुदा चालक प्युठान नौबहीनी गाउँपालिका स्याउलिवाङ बस्ने बर्ष २२ को रामु बुढामगरको घटना स्थलमै ज्यान गएको प्रहरीले बताएको छ । दुर्घटना गएराती साढे आठ बजेतिर भएको हो । मृतकको शवलाई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा राखाएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७५ पुष २५ गते बुधवार
प्रतिक्रिया