बनहरीमा अनौठो नाग फेला, स्थानिय अचम्मित ,हेर्नेको भिड

लक्ष्मण विश्वकर्मा , तुलसीपुर २४ पौष । दाङको तुलसीपुर बजार देखी पुर्व पर्सेनी देखी उत्तर तर्फ झन्डै दुई किलोमिटर दुरीमा पर्ने तुलसीपुर उपमहानगपालिका वडा नम्वर ४ बनहरी स्थित थारुगाउँमा अनौठो नाग फेला परेको छ । एक महिना अघि फेला परेको उक्त नाग दैनिक देखा पर्न थालेपछि दर्शन गर्नका लागी मानिसहरुको भिड लाग्ने गरेको छ ।नाग दर्शन गर्न विभिन्न स्थानबाट समेत जाने गरेका छन् । त्यस्तो नाग देखेर स्थानियहरु समेत अचम्मित परेका छन् । दैनिक मानिसहरु हेर्नका लागी त्यहा जाने गरेका छन् ।
यस अघि त्यहा भुयारथान थियो त्यो थान अहिले अनेत्र सारिएको छ । स्थानिय कमला वलीले आफु १८ वर्ष सम्म त्यहि बस्दा नदेखेको नाग उक्त जग्गा विक्रिका लागि बयाना बुझेको दुई दिन पछि यस्तो देखा परेको उहाको भनाई छ ।
भुयारथान सारेको तिन वर्ष समेत भईरहेको छ । तोरी बारीको छेउमै नागले बासस्थान गराएको छ । कतिपयले यस्तो नाग देखेपछि सर्प हो भन्दै मार्न समेत खोजे तर पनि स्थानियले मार्न नदिएको उक्त जग्गा किनेका सुक बहादुर घर्तिले बताएका छन् ।
नागको नजिक जान रोक लगाईएको छ । त्यहा बारबथान गरीएको छ । अहिले उक्त नागको संरक्षणका लागी स्थानिय भुवनसिंह चौधरीको अध्यक्षतामा ११ सदस्यिय नाग रुपी शिव दर्शन समिति गठन गरिएको छ । यसरी लामो समय सम्म एकै स्थानमा नाग बसीरहनु आश्चर्य जनक रहेको स्थानिय बुद्धिजिवि उनु शर्माको भनाई छ ।

उनले यस्तो नाग रहस्य मय भएको भन्दै यसको बास्तविक महत्व पत्ता लगाएर संरक्षण गर्नु आएको रहेको बताउनु भएको छ ।नाग देखा पर्नुमा सबैले आ आफर्नै प्रतिक्रिया दिन थालेका छन । एक÷डेढ घण्टाको फरकमा नाग देखा पर्ने गरेको बताईएको छ ।कतिपयले देवताको रुपमा समेत लिने गरेका छन् । नागलाई आहारका लागी दुध,दही दिने गरिएको छ ।

प्रकाशित मिति : २०७५ पुष २४ गते मङ्गलवार
प्रतिक्रिया