ट्रान्समिटर जडान गर्न माग गदै ज्ञापन पत्र

तुलसीपुर, २३ पौष । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका प्र्रमुख दिपकजंग चौधरीले तुलसीपुर १० चैलाहीमा रहेको डिप बोर्डिङबाट पानी तान्नलाई ट्रान्समिटर जडान गरि दिने बताएका छन् । त्यहाका झन्डै चार सय घरधुरीलाई खानेपानी पु¥याउने लक्ष्यका साथ एक बर्ष पहिले खानेपानी डिभिजन कार्यालय दाङको सहभागितामा उक्त क्षेत्रमा डिप बोरिङ निर्माण गरिएको थियो । तर विद्युत ट्रान्समिटरको अभावले सन्चालन हुन सकेको थिएन् । डिप वोरिङ निर्माण गरेको लामो समय वितिसक्दा समेत सम्वन्धित निकायको ध्यान केन्द्रित नभएपछि सोमवार सांसद हिराचन्द्र केसीका स्वकिय सचिव सन्तोष वलीको पहलमा केन्द्रका प्र्रमुख चौधरीलाई स्थलगत अवलोकन गराईएको बताईएको छ ।
सोहि क्रममा स्थानिय युवा तथा बासीन्दाहरुले छिटै नै ट्रान्समिटर जडान गरिदिन माग गदै केन्द्रका प्र्रमुख चौधरीलाई ज्ञापन पत्र समेत बुझाएको छन् । ज्ञापन पत्र बुझदै जतिसक्यो छिटो नै समस्या समाधान हुने प्रमुख चौधरीले बताएका छन् । तुलसीपुर १० का वडा अध्यक्ष कुमार लामिछानेको उपस्थितिमा वडा सदस्य सेर बहादुर खड्का, नेकपा नेता आत्मराम धिताल , प्रेम कुँवर , पुस्पा लामिछाने लगाएतले ज्ञापन पत्र बुझाएको युवा नेता सन्तोष वलीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७५ पुष २३ गते सोमवार
प्रतिक्रिया