हिमाली जिल्लामा हिमपात,देशैभर चिसो बढेपछि जनजिवन प्रभावित

दाङ, २३ पौष । देशैभर चिसो बढेपछि जनजिवन प्रभावित भएको छ । आईतवार वेलुका दाङ सहित विभिन्न स्थानमा हिउँदे वर्षा भएसंगै चिसो झनै बढेपछि पहाडी जिल्लाका भुकम्प पिडितको जनजिवन कष्टकर बन्दै गएको छ ।सल्यानमा गएराति देखि भारी हिमपात भइरहेको छ । जिल्लाका उच्च हिमाली क्षेत्रमा भने सोमवार बिहानै देखि हिमपात भईरहेको छ ।
अघिल्लो वर्ष को तुलानामा यो वर्ष छिट्टै हिउ परेको स्थानीयहरुले बताएका छन् ।भारी हिमपात संगै हिमपातले जिल्ला भरको जनजीवन कष्टकर बनाएको छ ।लगातार हिमपात भएपछि अत्याधिक जाडोसमेत बढेका छ ।
जुम्लामा भने बिगतका वर्षहरूमा मंसिर अन्तिम सातादेखि पुषको पहिलो सातासम्म हिमपात हुनुपर्ने भए पनि यस पटक भने पुसको अन्तिम सातामात्रै हिउँ परेको छ ।

प्रकाशित मिति : २०७५ पुष २३ गते सोमवार
प्रतिक्रिया