तुलसीपुरमा जथाभाबि हर्न बजाउने झन्डै चार सय सवारी कारवाहिमा

लक्ष्मण विश्वकर्मा, तुलसीपुर, २० पौष ।
तुलसीपुरमा एक महिनाको अवधीमा जताभावी हर्न बजाउने झन्डै चार सय सवारी साधनलाई कारवाहि गरिएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । तुलसीपुर बजार क्षेत्रको हर्न निषेधित क्षेत्रमा हर्न बजाउने तिन सय उनासी वटा सवारी साधनलाई कार्यबाहि गरिएको कार्यालयले जानकारी दिएको छ । कारवाहिमा १ सय ८९ वटा सवारी साधनलाई जरिवाना गरिएको छ । जसबाट ९८ हजार रुपैया राजस्व संकलन गरिएको छ भने १सय ९० वटा सवारी साधनको कागजपत्र जफत गरिएको छ ।

जरिवाना असुल गर्न बाँकी रहेका सवारी साधनको कागजपत्र नियन्त्रणमा लिईएको कार्यालयका प्रमुख चन्द्र केसीले जानकारी दिएका छन् ।प्रदेश नम्वर ५ को प्रहरी कार्यालय र तुलसीपुर उपमहानगरपालिकाको सयुक्त आयोजनामा गत मंसीर १६ गतेदेखी कारवाहि अभियान सुरु गरिएको थियो । निषेधित क्षेत्रमा हर्न बजाउने सवारी साधनलाई पाँच सय रुपैया देखी एक हजार पाँच रुपैया सम्मको जरिवाना शुल्क निर्धारण गरिएको छ ।
यस्तै प्रहरीले अझ प्रभावकारीका लागी तुलसीपुर बजार क्षेत्रका विभिन्न भागमा जेव्रा क्रसिङ निर्माण कार्यलाई पनि तिव्रता दिदै आएको छ । यस अघि तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ को वडा कार्यालयले बजार क्षेत्रलाई कोलाहल मुक्त तथा ध्वनी प्रदुर्षण रहित शहर बनाउन २०७४ साउन १ गतेदेखी लागु गर्ने गरी हर्न निषेधित क्षेत्र घोषणा गरेको थियो ।

प्रकाशित मिति : २०७५ पुष २० गते शुक्रवार
प्रतिक्रिया