योजनाका काम समय मै सम्झौता गर्न अध्यक्ष पौडेलद्धारा निर्देशन

हापुरे , १८ पौष । पश्चिम दाङको बबई गाउपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलले वडा कार्यलयबाट हुने योजना सम्झौता समयमै गर्न निर्देशन दिनु भएको छ । गाउँपालिकाका ७ वटै वडाका वडा अध्यक्षहरु लाई कार्यलयमै बोलाएर उनले यस्तो निर्देशन दिनु भएको हो । कर्मचारी समायोजन पछि काम प्रभावित हुने भएकाले सम्झौताका काम समयमा गर्नु पर्ने देखीएको छ ।
काममा प्राबिधिकहरुले सक्दो सहयोग गर्ने भएकाले सबै अध्यक्षहरु लाई काम सक्न निर्देशन दिएको प्रेस संयोजक बालकृष्ण पाण्डेले जानकारी दिएका छन् । कर्मचारी समायोजन पछि काम सुरु गर्दा गत बर्ष को जस्तै काम समयमै नसकिने भएकाले यस वर्ष समयमै सक्ने गरि योजनाको तयारी गाउँपालिकाले गरेको छ ।
वडा अध्यक्षहरु संग मंगलवार भएको छलफलमा गाउपालिकाको कार्यलय मा डिजिटल सुचना बोर्ड राख्ने निर्णय गरेको छ । गाउँपालिकाले सुचनाहरु डिजिटल सुचना बोर्ड मार्फत दिने जनाईएको छ । बिकट क्षेत्रहरुमा आबश्यक परामर्श गरि घुम्तीशिबिर राखेर विभिन्न सेवाहरु दिने निर्णय भएको छ । गाउपालिकाका वडा नम्वर १ को गङगटे र ७ को कार्यालयमा शिविर राख्ने निर्णय भएको प्रेस संयोजक पाण्डेले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७५ पुष १८ गते बुधवार
प्रतिक्रिया