दाङमा दुर्घटनामा वृद्धि , ६ महिनामा ९३ जनाको मृत्य

 

तुलसीपुर १७ पुस 

पछिल्लो समय सवारी दुर्घटनामा वृद्धि हुन थालेपछि दाङमा सरोकारवाला निकायले गम्भिर चिन्ता गर्न थालेका छन् । सम्बन्धीत पक्षले आफुले गर्नुपर्ने कर्तव्य बोध नगरेका कारण सवारी दुर्घटना घट्नुको साटो बढेको उनिहरुको निकर्ष छ ।
तुलसीपुर उपमहानगरपालिका, प्रदेश प्रहरी कार्यालय र यातायात व्यवस्था कार्यालयको सहयोग तथा रिपोर्टर्स कल्ब दाङको आयोजनामा तुलसीपुरमा भएको सवारी दुर्घटना न्युनिकरण सम्बन्धी वृहत छलफलमा सरोकारवाला निकायले सबैले आ–आफनो तर्फबाट जिम्मेवारी बोध गरेमा घटना न्युनीकरण हुने बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले तथ्याङक अनुसार दाङमा गएको साउन महिना देखि हाल सम्म ९३ जनाले अकालमा ज्यान गुमाएको र करिब ९४ करोड बराबरको सम्पतीमा क्षेति भएको छ ।
‘डिभिजन सडक सिल्पीङ पार्टनर भयो,’ जिल्ला ट्राफीक प्रहरी प्रमुख मदन कुँवरले भने ‘सडक मर्मत, खाल्डाखुल्डी पुर्ने, जोखीम पूर्ण स्थानमा साङकेतीक चिन्ह र भिरको छेउमा गोल राउण्ड राख्ने काम उसलाई थाहै छैन । राम्रीमा गोल राउण्ड भएको भए यति ठूलो मानविय क्षेति हुने थिएन ।’

यता ्रदेश प्रहरी प्रमुख पीताम्बर अधिकारीले चेतनाले मात्रै समस्या समाधन नहुने भन्दै पकार्यान्वयनको खाँचो रहेको बताए । यता दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले सवारी दुर्घटनामा सबै पक्षको कम्जोरी रहेको बताएका छन
। ‘समयमा सवारी साधन मर्मत नहुनु, लापर्वाही गर्नु व्यवसायीको कम्जोरी, सडक मर्मत नगर्नु डिभिजन सडक, रुट प्रमीट र लाइसेन्सका विषयमा यातायात, जथाभावी सडक पार गर्नु नागरिक, सुधारका पक्षमा काम गर्न नसक्नु वा सुरक्षाको दृष्टिकोणले मैले जिम्मेवारी लिनुपर्छ ’ प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भने , थोरै बहुत सबै दोषको भागिदार बन्नुपर्छ ।’

यता तुलसीपुर बजारलाई हर्न निषेधित क्षेत्र घोषणा गरिसकेको तुलसीपुर उपमहानगरपालिकाले भने कार्यान्वयमा चुनौति रहेको बताएको छ । सवारी दुर्घटना न्युनिकरण र बजारलाई व्यवस्थीत गर्न सडक पेटी, मिचेर व्यापार गर्दै आएका ठेला, रिक्सालाई कारबाही गर्दा ठूलै चुनौति खेप्नु परेको भन्दै तुलसीपुुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले सबैको सहयोग विना सम्भव नभएको बताए ।
दाङलाई सुरीक्ष यात्रा र गन्तव्यका रुपमा परिचत गराउन सबैको सहयोगको खाँचो रहेको बताउदै मेयर पाण्डेले दर्ता र लाईसेन्स विना संचालनमा आएका सवारी साधनलाई नियन्त्रणमा लिन प्रशसानलार्य आग्रह गरे । ‘ लाईसेन्स, इन्सुरेन्स, मापसे, दर्ता सबै चेक गर्नुहोस, छैन कारबाही गर्नुस,’ मेयर पाण्डेले भने ,‘ तपाईलाई छोड्नुस भनेर मैले फोन गर्दैन ।’

रिर्पोटर्स क्लबका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा यातायात कार्यालय तुलसीपुरका प्रमुख टोपेन्द्र केसी, राप्ती अंचल सार्वजनिक यातायात बस व्यवसायी समितिका अध्यक्ष सुरेश हमाल, मजदुर संगठनको तर्फबाट केशब भण्डारी, व्यवसायी बिमल रिजाल, शिक्षक विजय जिएम, यातायता व्यवसायीहरु विनोश शर्मा, उमेशचन्द्र मज्गैयाँ, घनश्याम बस्नेत, सञ्जय वली, लगाएतले आ–आफना धारना राखेका थिए । कार्यक्रमको सहजीकरण महासचिव बिमल गौतमले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७५ पुष १७ गते मङ्गलवार
प्रतिक्रिया