पानीमा डुवेर दुई वर्षिया बालिकाको ज्यान गयो

तुलसीपुर, १७ पौष । तुलसीपुरमा एक बालिकाको पानीमा डुवेर ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ३ सिरखोला निवासी कमल परियारकी दुई बर्षिया छोरी आरती परियारको स्थानिय कुलोमा जम्मा भएको पानीमा डुवेर ज्यान गएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । स्थानिय उनका साथीहरु संग खेल्ने क्रममा उनको मंगलवार दिउँसो साढे दुई बजेतिर पानीमा डुवेर ज्यान गएको डिएसपी प्रेम बहादुर शाहीले जानकारी दिएका छन् । घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०७५ पुष १७ गते मङ्गलवार
प्रतिक्रिया