म्यादी प्रहरीको नतिजा प्रकासनमा ढिलाई भएको भन्दै सल्यानका युवाहरु विरोधमा

प्रद्युम्न उपाध्याय,सल्यान २२ चैत्र ।
सल्यानमा म्यादी प्रहरीको नतिजा प्रकाशीत ढिलो गरेको भन्दै मंगलवार म्यादीमा आबेदन दिएका युवाहरुले विरोध गरेका छन् । दुई महिने म्यादी प्रहरीको लागी जिल्लाको विभिन्न ठाउँबाट एक हप्ता अघि नै सदरमुकाम खलंगामा आएका युवाहरुले सोमवार १२ बजे सम्म नतिजा दिन्छु भनेर आज पनि नतिजा नदिएको भन्दै विरोध गरेको बताएका छन् । म्यादी प्रहरीमा घुसपीस नगर । यदि गर्छस् भने म्यादी प्रहरी नै खारेज गर लगाएतका नाराहरु लगाएका युवाहरुले आन्दोलनमा चर्किएका हुन । अन्दोलन गर्ने मध्यका एक जना युवा राजेन्द्र बोहरा भने ̒भित्री तवरले यहाँ पनि घुसपसि चल्दै छ ।

जिल्ला प्रशासन कार्यालय अगाडी पुगेको आन्दोलनलाई बिचमा भने पुलीसले रोक्न खोजेको थियो । प्रशासन अगाडी पुगेकोे अन्दोलनलाई समंबन्धीत निकायले सम्बोधन वा सुनाइ नगरेर आन्दोलनकर्ता मध्यका ५ जनालाई प्रमुख जिल्ला अधिकारीको आदेश अनुसार गोप्पे कोठामा लगेर छलफल गरिएको थियो । विभिन्न संचार माध्याम बाट गएका पत्रकारहरुलाई पनि छलफल कोठा भित्र जान रोक लगाएको थियो । पत्रकारहरुले अहिले सम्मा नतिजा किन प्रकाशन भएन भित्र के कुरा हुदै छ । हामी पनि जान्छौ भन्दा । जान दिने मन हाम्रो पनि थियो तर के गर्नु माथिबाट भित्र प्रवेश गर्न नदिने आदेश आएको छ भनेर प्रहरीले जान मिल्दैन भनेका थिए । छलफल सकिए पछि भित्र गएका ५ जना युवाहरुलाई घर पठाएको थियो भने प्रशासनले संचारकर्मीहरुलाई केहि कुराको जानकारी पनि दिएको छैन् ।।

प्रकाशित मिति : २०७३ चैत्र २२ गते मङ्गलवार
प्रतिक्रिया